चर्कियो नासुहरूको आन्दोलन : ट्रेड युनियनहरू पनि संयुक्त विरोधमा उत्रिँदै

चालु आर्थिक वर्षको बजेटमा गरिएको घोषणाविपरीत असमान ढंगले तलब वृद्धि गरिएको भन्दै नायब सुब्बाहरूले थालेको आन्दोलन थप चर्किँदै गएको छ ।

नासुहरूले  सुरु गरेको आन्दोलनमा निजामती कर्मचारीका राष्ट्रिय स्तरका ट्रेड युनियनहरू पनि एकसाथ उभिएका छन् ।
आन्दोलनलाई निर्णायक बनाउन कर्मचारी संगठनहरू बिहीबारदेखि संयुक्त आन्दोलनमा होमिने भएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी निकट कर्मचारी संगठनहरूले बिहीबार अपराह्न ४ बजे माइतीघर मण्डलामा भेला भएर संयुक्त विरोध प्रदर्शन गर्दैछन् ।

उनीहरूले संयुक्त विज्ञप्ति जारी गरेर संघीय निजामती ऐन ल्याउन दबाब दिन र नासुहरूले थालेको आन्दोलनलाई साथ दिन माइतीघर मण्डलामा संयुक्त प्रदर्शन गर्न लागिएको जनाएका छन् ।

आर्थिक वर्ष २०७९/०८० देखि लागू हुने नयाँ तलबमानमा आफूहरुलाई विभेद गरिएको भन्दै नासुहरूले विरोध जनाउँदै आएका छन् । बजेट भाषणमा १५ प्रतिशत तलब वृद्धिको घोषणा भए पनि अधिकृतदेखि माथिका कर्मचारीहरूको तलब त्योभन्दा बढीले बढाउने तर नासुहरूको तलब १५ प्रतिशतमात्रै बढाउने गरी अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा सिफारिस गरेको सार्वजनिक भएपछि नासुहरू आन्दोलित बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर