अर्थ सचिवमा कृष्णहरि पुष्कर, राजस्व सचिवमा रामेश्वर दंगाल

अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी कृष्णहरि पुष्करले पाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई अर्थ सचिव नियुक्त गरेको हो ।

यसअघि अर्थसचिव रहेका मधु मरासिनीलाई मन्त्रिपरिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेपछि उक्त पद रिक्त थियो ।

त्यस्तै राजस्व सचिवको जिम्मा रामेश्वर दंगाललाई दिइएको एक मन्त्रीले बताए । दंगाल यसअघि सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *