सामाजिक सञ्जालमार्फत महिलालाई ब्ल्याकमेलिङ गरी बार्गेनिङ गर्ने पक्राउ

सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी दिएको तथा अपमान गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–८ बस्ने २४ वर्षीय अमर राजथलालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सामाजिक सञ्जालमा नक्कली प्रोफाइलमार्फत महिलालाई साथी बनाई मेसेन्जरमा संवाद गर्ने गरेका थिए । सो क्रममा उनले अश्लीलता प्रदर्शन गरी सोको स्क्रिनसट लिएर सामाजिक सञ्जालमा राखिदिने भन्दै महलालाई धम्क्याएको प्रहरीले जनाएको छ।

यसका साथै उनले स्क्रिनुट लिएका अश्लील सामग्री सामाजिक सञ्जालमा राखी बेइज्जत गरिदिन्छु भन्दै पीडित महिलालाई समेत अश्लिलता प्रदर्शन गर्न लगाएर रेकर्ड राखेका थिए ।

सो सामग्रीको सहयात लिएर बार्गेनिङसहित ब्ल्याकमेल गरी आर्थिक लाभ लिन खोजेको र उक्त अभिप्राय पूरा नभएपश्चात् पीडितका आफन्त तथा साथीहरूलाई समेत अश्लीलता प्रदर्शनसँग सम्बन्धित रेकर्ड पठाई महिलालाई मानसिक यातना तथा दुःख हैरानी दिने जस्ता कार्य गरेको पाइएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीउपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *