
राष्ट्रिय अनुसन्धान विभागमा एआईजीकाे दरबन्दी थपेर हुतराज थापा र ओम जोशीको बढुवा

सरकारले देशको एकमात्र बाह्य गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि) मा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) को एउटा दरबन्दी थपेर अनुसन्धान निर्देशक (डीआईजी) हुतराज थापा र ओम जाेशीको बढुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एक एआईजीको दरबन्दी थपगर्दै थापा र जोशीलाई बढुवा गर्ने निर्णय गरेको हो ।
राअविका डीआईजीमध्ये २०७४ भदौ १४ मा बढुवा भएका ४ अधिकृतहरु मुख्य प्रतिस्पर्धामा थिए ।
बढुवा प्रत्यासीमा डीआईजीहरु हुतराज थापा, ओम जोशी, हरिहर पौडेल र सुनील ढकाल थिए ।
सरकारले अघिल्लो बढुवाकै बरियतालाई कायम राख्दै दरबन्दी थप गरेर बढुवा गरेको छ ।
यो बढुवासँगै भदौं अन्तिम साता मुख्य अनुसन्धान निर्देशक यदुनाथ खरेलले अनिवार्य अवकाश पाएमा थापा राअवि प्रमुखका प्रवल दावेदार बनेका छन् ।
- एआईजीमा बढुवा भएका ६ जनालाई दर्ज्यानी चिह्न प्रदान
- यस्तो छ माधव नेपालले प्रधानमन्त्रीलाई बुझाएको मागपत्र (पूर्णपाठ)
- नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, प्रतिव्यक्ति आय १ हजार ५ सय १७ हुने अनुमान
- हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव– कला क्षेत्रमा लागे राम्रै हुन्छ, राजा हुने सपना देखे सपनामै जिन्दगी जाला
प्रतिक्रिया