गाउँपालिका अध्यक्षकाे तलब विद्यालयलाई

गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले गाउँपालिकाबाट आफूले प्राप्त गरेको सेवा सुविधा विद्यालयलाई प्रदान गरेका छन् । उनले आफ्नो पहिलो महिनाको ३६ हजार दुई रुपैयाँ पाँदेलटारस्थित ज्ञानमार्ग माध्यमिक विद्यालयलाई उपलब्ध गराएका हुन् ।

‘मैले निर्वाचनको बेला गाउँपालिकाभित्र शिक्षालाई प्रथामिकता दिन्छु भनेको थिएँ,’ उनले भने ‘यसैले विजयी भएपछि मैले पाएको सेवा सुविधा विद्यालयलाई प्रदान गरेको हुँ ।’

सो विद्यालयका प्रधानध्यापक दिलबहादुर गुरुङले प्राप्त रकम विद्यालयको छात्रावासमा अध्ययनरत विद्यार्थीका लागि खर्च गरिने जानकारी दिए ।सो विद्यालयमा आवासीय सुविधासहित विपन्न चेपाङ समुदायका बालबालिका अध्ययन गर्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर