प्रभु बैंकमा वरिष्ठ अधिकारीसहित एकैपटक एक हजारको बढुवा

प्रभु बैंकले एकैपटक एक हजार जना कर्मचारीको बढुवा गरेको छ । उच्च व्यवस्थापन अर्थात् कार्यकारी तहमा दिनेश थकाली र रेणुप्रसाद पाण्डेसहित एक हजार कर्मचारीको बढुवा गरेको हो ।

यसअघि सहायक महाप्रबन्धक रहेका थकालीलाई एक तह बढुवा गरी नायब महाप्रबन्धक बनाइएको छ । त्यस्तै यसअघि चिफ म्यानेजर रहेका रेणु पाण्डेलाई सहायक महाप्रबन्धक र सिनियर म्यानेजर रहेकी रश्मी पन्तलाई चिफ म्यानेजरमा बढुवा गरिएको छ ।

त्यस्तै एक दर्जन सिनियर म्यानेजर तहका कर्मचारीलाई चिफ म्यानेजरमा बढुवा गरिएको छ । बैंकमा ती हजारभन्दा बढी कर्मचारी छन् । सेञ्चुरी बैंकसँग मर्जरमा जाने प्रक्रियामा रहेको बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारीहरूको बढुवा गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर