काबुल आक्रमणमा तालिबानका प्रख्यात धार्मिक नेताको मृत्यु

अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

राजधानीमा भएको विस्फोटमा हक्कानी मारिएका टोलो समाचार समितिले जानकारी दिएको छ । अफगानिस्तानमा पछिल्ला हप्ताहरूमा शृंखलाबद्ध विस्फोटहरू भएका छन् । राजधानी काबुलको चन्दवाल, पुल–ए–सोख्ता र सरकारिजलगायतका धेरै क्षेत्रमा विस्फोटहरू भएका छन् ।

अगस्ट ६ मा काबुलको पश्चिममा पर्ने पुल–ए–सोख्ता क्षेत्रनजिक भएको विस्फोटमा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका थिए ।

अफगानिस्तानमा भर्खरै भएको विस्फोटको संयुक्त राष्ट्र संघले निन्दा गरेको छ । विस्फोटको इस्लामिक स्टेट्सले जिम्मेवारी लिएको छ । अफगानिस्तानमा रहेको संयुक्त राष्ट्र संघको परिवारले अल्पसंख्यकहरूको लागि ठूलो सुरक्षाको आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर