मधेस प्रदेश सभाको नवौं अधिवेशन अन्त्य

मधेस प्रदेशसभाको चालु नवौं अधिवेशन गए रातिदेखि अन्त्य भएको छ । मधेस प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सभाको नवौं अधिवेशन अन्त्य गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सरकारको सिफारिमा प्रदेश प्रमुख मिश्रले गएराति १२ बजेदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गर्नुभएको प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

यही २०७९ जेठ १९ गतेदेखि सुरु भएको प्रदेश सभाको नवौं अधिवेशनले आर्थिक विनियोजन विधेयकसहित महत्त्वपूर्ण आठ विधेयक पारित गरेको सचिव यादवले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *