छुरा प्रहारबाट प्रसिद्ध लेखक रुस्दी गम्भीर घाइते, भेन्टिलेटरमा राखेर उपचार हुँदै

अमेरिकाको न्युयोर्कमा छुरा प्रहारबाट गंभिर घाइते भएका  प्रसिद्ध लेखक सलमान रुस्दीलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ ।
अमेरिकाको न्युयोर्क शहरमा शुक्रबार आयोजित कार्यक्रमको मञ्चमा लेखक रुस्दीमाथि छुरा प्रहार गरिएको थियो ।
उनका एजेन्टले रुस्दीको स्वास्थ्यस्थिति राम्रो नभएको बताएका छ्न । रुस्दी बोल्न सक्ने अवस्था नभएको र एउटा आँखा गुमाउन सक्ने बताएका छन् ।
बुकर पुरस्कार विजेता रुस्दीको ‘द सटेनिक भर्सेज’ किताब विवादमा परेको थियो । त्यही किताबको कारणले इरानका तत्कालीन सर्वोच्च नेता आयोतुल्लाह रोहल्लाह खोमिनीले त्यसका लागि हत्या लागि १९८९ मा फतवा जारी गरिएको थियो ।
टाउकोको मूल्य तोकिएपछि रुस्दी नौ वर्षसम्म भूमिगत भएका थिए ।

शुक्रबार चोटाउक्वा संस्थाले आयोजना गरेको कार्यक्रममा उनी सहभागी भएका थिए । आक्रमणमा रुस्दीसँग साक्षात्मकार गरिरहेका व्यक्ति पनि घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको बताइएको छ । उनको अवस्था सामान्य रहेकाले उपचारपछि घर फर्किएका छन् ।
रुस्दीमाथि प्रहार गरिएको चक्कुले कलेजोमा पनि क्षति पुर्‍याएको बताइएको छ। उनीको घाँटीमा एक पटक र पेटमा पटक पटक छुरा प्रहार गरिएको जनाएको छ ।
रुस्दीलाई आक्रमणपछि हेलिकोप्टरमा हालेर अस्पताल पुर्‍याइएको थियो । कालो मास्क लगाएर कार्यक्रममा आएका आक्रमणकारी २४ वर्षका हादी मतार भएको बताइएको छ ।
प्रहरीले उनलाई हिरासतमा लिएको छ । आक्रमणकारीको मनसाय के थियो भन्ने विषयमा अनुसन्धान भैरहेको बताइएको छ ।
प्रहरीले त्यसका लागि एफबीआईको सहयोग माग गरेको छ । आक्रमणकारी मतार कार्यक्रममा एक्लै आएको र उनीसँग कार्यक्रमको पास पनि भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर