लेक लागी बेहोस भएका ३ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

रसुवा जिल्लाको गोसाईकुण्ड गाँउपालिका ५ स्थित गोसाइकुण्ड तीर्थबाट साउन २७ गते घर फर्कने क्रममा लेक लागी बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

बेहोस हुनेहरुमा नुवाकोट जिल्लाको ककनी गाँउपालिका ८ बस्ने ४५ बर्षिय नारायण भण्डारी र सोही जिल्लाको बिदुर नगरपालिका ११ बस्ने २० बर्षिय साधना प्याकुरेल र धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिका ३ बस्ने १० बर्षिय निर्जीव दुवाडी छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको सशस्त्र प्रहरीले उनीहरुलाई पिठ्यूमा बोकी धुन्चे अस्पताल ल्याउने क्रममा उनीहरुको बाटोमै स्वास्थ्यमा सुधार आएपछि आफन्तको जिम्मा लगाई पठाइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर