कांग्रेसको प्रतिनिधि तथा प्रदेशसभाको उम्मेदवारी मनोनयनमा देउवाको मात्रै हस्ताक्षर चल्ने

नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयनको अधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ । बैठकले विधानको व्यवस्थाबमोजिम प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीबाट उम्मेदवारी दर्ता गर्न सभापति देउवाले उम्मेदवारी मनोनयनको औपचारिक पत्र दिने निर्णय गरेको हो ।

केन्द्रीय कार्यसम्पादन समितिको शनिबारको बैठकले पार्टीको विधानबमोजिम उम्मेदवारी मनोनयनको अधिकार सभापति देउवालाई दिएको हो ।

बैठकले निर्वाचनका लागि उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस गर्न तल्ला तहका कार्यसमितिहरुलाई निर्देशन दिने निर्णयसमेत गरेको हो ।

बैठकले आगामी निर्वाचनकालागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवारका आकांक्षीको नाम सिफारिस गर्न परिपत्र गर्ने निर्णय गरेको छ ।
पार्टी विधानमा तल्ला तहबाट उम्मेदवार सिफारिस गर्ने र संसदीय समितिले टुंगो लगाउने व्यवस्था गरेको छ ।

त्यहीअनुसार प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ क–कसको आकांक्षा छ भन्ने कुरा तल्ला तहबाट सिफारिस गर्न बैठकले परिपत्र गर्ने निर्णय गरेको हो ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभाका ६० प्रतिशत अर्थात १ सय ६५ जना सांसदहरु प्रत्यक्ष निर्वाचित हुन्छ भने समानुपातिकतर्फको ४० प्रतिशत अर्थात १ सय १० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने छन् ।

मिश्रित निर्वाचन प्रणालीअनुसार नेपालमा ६० प्रतिशत प्रत्यक्षतर्फ निर्वाचित हुने र समानुपातिकतर्फ ४० प्रतिशत निर्वाचित हुने व्यवस्था छ । त्यहीअनुसार दलहरूले उम्मेदवारी दिनेछन् ।

त्यसैगरी मंसिर ४ गते हुने चुनावमा सात वटा प्रदेशसभा गठनका लागि मतदान हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर