सालकको खपटासहित काठमाडौंबाट तीन जना पक्राउ

काठमाडौं महानगरपालिका–२६ सामाखुशीबाट करिब ३ केजी ५ सय ५० ग्राम तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपटासहित तीन जना पक्राउ परेका छन् ।

मकवानपुरको मकवानपुर गढी गाउँपालिका–८ बस्ने ४२ वर्षीय सूर्यबहादुर स्याङ्तानसहित तीन जनालाई प्रहरीले शनिबार दिउँसोे पक्राउ गरेको हो । पक्राउ परेका अन्य दुई जनाको प्रहरीले नाम खुलाएको छैन ।

उक्त स्थानमा सालकको खपेटा बेचबिखन भइरहेको भन्ने खबर सूचनाका आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई सालकको खपटा र डिजिटल तौल मेसिनसहित पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला डिभिजन वन कार्यालय हात्तीसारमा पठाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर