प्रसिद्ध लेखक सलमान रुस्दीको स्वास्थ्यमा उल्लेख्य सुधार, भेन्टिलेटर हटाइयो

प्रसिद्ध लेखक सलमान रुस्दीको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छ । उनलाई भेन्टिलेटरबाट हटाइएको छ र बोल्न सक्ने भएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । शुक्रबार अमेरिकाको न्युयोर्कमा आयोजना गरिएको एक कार्यक्रमको मञ्चमा रुस्दीमाथि छुरा प्रहार गरिएको छ। सो घटनाको विश्वभरबाट निन्दा गरिएको थियो ।

रुस्दीका एजेन्ट एन्ड्रयु वाइली भेन्टिलेटर हटाएको पुष्टी गरेका गरेका छन् । यसअघि वाइलीले रुस्दीको स्वास्थ्य अवस्था गम्भीर रहेको एउटा आँखा गुम्न सक्ने बताएका थिए ।

अंग्रेजी साहित्यको प्रसिद्ध बुकर पुरस्कार विजेता रुस्दीमाथि एक २४ वर्षिय युवाले छुरा प्रहार गरेका थिए । दौडिएर मञ्चमा पुगेका आक्रमणकारीले रुस्दीको अनुहार, घाँटी र पेटमा कम्तीमा १० पटक छुरा प्रहार गरेका थिए । रुस्दीलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको थियो ।

भारतीय मूलका बेलायती लेखेक रुस्दीले लेखेको ‘द सटानिक भर्सेज’ बिबादमा परेको थियो । पुस्तक लेखेको एक वर्षपछि १९८९ मा इरानका तत्कालीन सर्वोच्च धार्मिक नेताले रुस्दीको विरुद्ध फतवा जारी गरेका थिए । त्यस लगत्तै उनी करिव १० वर्ष भूमिगत भएका थिए । उनको टाउको मूल्य ३ लाख अमेरिकी डलर तोकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर