एमाले र राप्रपाबीच चुनावी तालमेलको तयारी

विपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आसन्न निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल सुरु भएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेर तालमेलको विषयमा छलफल गरेका छन् । भक्तपुर बालकोटस्थित ओली निवासमा दुवै नेताबीच शुक्रबार छलफलको विवरण सार्वजनिक गरेरपनि कुराकानी सकारात्मक रहेको दुवै पार्टीका नेताहरुले बताएका छन् ।

सत्तारुढ ५ दलीय गठबन्धनले मंसिरमा हुने चुनावमा तालमेल गर्ने निर्णय गरेसँगै एमालेले पनि सत्ता बाहिरका दलको गठबन्धन निर्माण गर्न खोजेको हो । यसअघि पनि अध्यक्ष लिङ्देन र उपाध्यक्ष वुद्धिमान तामाङले एमाले उपाध्यक्ष सुवास नेम्वाङसँग चुनावी तालमेलको विषयमा दुई पटक छलफल गरेका थिए ।

गत बुधबार पनि एमाले अध्यक्ष ओलीसँग महामन्त्री कुन्ती शाही र केन्द्रीय सदस्य रेखा थापासहितका नेताहरुले भेट गरेका थिए ।

२०७४ सालमा भएको आमनिर्वाचनमा पनि ओली र लिङ्देनबीच झापामा चुनावी तालमेल भएको थियो ।

राष्ट्रिय रुपमा राप्रपाले नेपाली कांग्रेससँग तालमेल गरेपनि झापा भने एमाले र राप्रपाबीच तालमेल भएको थियो । झापाबाटै प्रतिनिधिसभामा चुनाव लड्ने दुवैलाई जित्नका लागि एक अर्काको सहयोग आवश्यक हुन्छ ।

राप्रपाले झापामा प्रतिनिधि सभा र प्रदेश सभामा एक एक सीट माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर