भारतका ‘वारेन बफेट’ राकेश झुनझुनवालाको निधन

भारतीय अर्बपति राकेश झुनझुनवालाको निधन भएको छ । ६२ वर्षीय झुनझुनवालाको आइतबार बिहान मुम्बइस्थित ब्रिच क्यान्डी अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सेयर मार्केटमा लगानी गरेर पैसा कमाएका झुनझुनवालालाई भारतका ‘वारेन बफेट’ पनि भनिन्थ्यो । पछिल्लो समय उनले आकाश एयर नामको एयरलाइन्स कम्पनी खोलेका थिए । उक्त कम्पनीले अगस्ट महिनाको सुरुदेखि भारतीय आकाशमा उडान भर्न थालेको थियो।

सन् १९६० मा हैदरावादमा जन्मिएका झुनझुनवालाले सेयर मार्केटमा लगानी गरेर आफ्नो सम्पत्ति बढाएका थिए। उनको सम्पत्ति अहिले ५.८ अर्ब डलर छ ।

झुनझुनवालाको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर