प्रहरी समायोजन माग गर्दै मधेस प्रदेशका मुख्यमन्त्री र मन्त्री धर्नामा

प्रहरी समायोजनको माग गर्दै मधेस प्रदेशका मुख्यमन्त्री, मन्त्रीले आइतबारदेखि धर्ना दिन सुरु गरेका छन् । संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै मधेस प्रदेश भवनभित्रको प्रदेश प्रमुख कार्यालय प्रांगणभित्र मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा मन्त्रीहरू धर्नामा बसेका हुन् ।

मुख्यमन्त्री राउतसहित भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, गृह तथा सञ्चारमन्त्री भरत साह, राज्यमन्त्री रुबी कर्ण, खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मासहितका धर्नामा बसेका छन् ।

प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गरी आग्रह गरेको, आन्दोलनकै अल्टिमेटम दिँदै ज्ञापन पठाउँदासमेत ध्यान नदिएको भन्दै प्रदेश सरकारले पहिलो चरणको आन्दोलन घोषणा गरेको छ । यो आन्दोलनअन्तर्गत आइतबारदेखि एक सातासम्म दैनिक २ घण्टा धर्ना दिइने उनीहरूले तय गरेका छन् ।

प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत साहले शनिबार पत्रकार सम्मेलन गरी प्रहरी समायोजन गराउन आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । एक सातासम्म धर्ना दिँदासमेत संघीय सरकारले ध्यान नदिए अर्काे चरणको कार्यक्रम सार्वजनिक गर्ने प्रदेश सरकारले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *