कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड लागू गर्ने सरकारको निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड लागू गर्ने निर्णय गरेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले यही साउन १ गतेदेखि लागू हुनेगरी चालु आर्थिक वर्ष २०७९/०८० को नयाँ तलबमान र ग्रेड स्वकीृत गरेको हो ।

मन्त्रिपरिषद् बैठकका निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीलेसबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि नयाँ तलबमान एवं ग्रेड स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।

सरकारले चालू आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा साउन १ गतेदेखि लागू हुनेगरी सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको थियो । तर, मर्यादाक्रमअनुसार तलब मिलान गर्न भन्दै अर्थ मन्त्रालयले अधिकृतस्तरका कर्मचारीहरूको तलब २४.२६ प्रतिशत, उपसचिवहरूको २३.३५ र २३.६३ र सचिवहरूको तलब १८.२१ प्रतिशतले वृद्धि गरेर नयाँ नयाँ तलबमान मन्त्रिपरिषदमा पठाएको सार्वजनिक भएको थियो । नायब सुब्बा र त्योभन्दा तलका कर्मचारीहरूको तलबमा भने १५ प्रतिशत वृद्धि नै लागू गरेर तलबमान प्रस्ताव गरिएको थियो ।

बजेटमा गरिएको घोषणाविपरीत असमान ढंगले तलब वृद्धि गरिएको भन्दै नासु र सोभन्दा तल्लो तहका राजपत्रअनंकित कर्मचारीहरू असन्तुष्ट छन् । उनीहरूले समान ढंगले तलब वृद्धि गर्नुपर्ने मागसहित आन्दोलन गरिरहेका छन् । आइतबारदेखि उनीहरूले देशभरका कार्यालयमा प्लेकार्ड लगाएर काम थालेका छन् । सोमबारसम्म माग पूरा नभए थप सशक्त आन्दोलन गर्ने चेतवानी उनीहरूले दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर