कांग्रेस नेता निधि धनुषा–३ बाट प्रतिनिधि सभा चुनाव लड्ने

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले धनुषा–३ बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिने बताएका छन् ।

आइतबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस नेता निधिले आफू धनुषा–३ बाट चुनाव लड्ने बताएका हुन् । उनले लोकतान्त्रिक शक्तिहरू एकजुट भएर चुनावमा जानुको विकल्प नभएको बताए ।

नेता निधिले सत्तारूढ गठबन्धनमा नरहेको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सरकार र गठबन्धनमा समावेश गर्नुपर्ने बताए । उनले भने, ‘पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपालाई सरकार र गठबन्धनमा ल्याउन सरोकारवाला दलसँग वार्ता गरिरहेका छन् ।’

निधि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा धनुषा–३ बाट तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोसँग पराजित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *