गणपूरक संख्या नपुगेपछि संसद् बैठक स्थगित

प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठक विधेयक पारित गर्न आवश्यक गणपूरक संखया नपुगेपछि स्थगित भएको छ । आइतबारको पहिलो बैठक पनि गणपूरक संख्या अपुग भएपछि स्थगन भएको थियो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बैठकमा गणपूरक संख्याको प्रश्न उठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले तीन मिनेट जनाउ घण्टी बजाएर गणना गर्न निर्देशन दिएका थिए ।

गणना हुँदा गणपूरक संख्या ६९ हुनुपर्नेमा उपस्थिति संख्या ६७ मात्रै भएपछि आइतबारको कार्यसूची हटाएर अर्को बैठक यही साउन ३१ गतेका लागि तोकिएको हो । अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई निर्णयार्थ प्रस्तुत गर्न गणपूरक संख्या अपुग भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर