त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भारत खवास सेनाको क्याप्टेनमा बढुवा

त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवास सेनाको सह सेनानी (क्याप्टेन) मा बढुवा भएका छन् । भरत दश वर्षअघि नेपाली सेनामा प्रवेश गरेका थिए

भरतलाई भद्रकालीस्थित सैनिक मुख्यालयमा आइतबार सैनिक वायु सेवाका प्रमुख उपरथी आशिष नरसिंह राणाले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

झण्डै डेढ दशक अघि राष्ट्रिय टोलीमा डेब्यू गरेका भरत बंगलादेशविरुद्ध अर्को महिना स्वदेशमा हुने मैत्रीपूर्ण खेलका लागि आइतबार राष्ट्रिय टोलीको प्रशिक्षणमा समेटिएका छन् ।

सहायक सेनानीबाट सेनामा प्रवेश गरेका भरत २०७२ सालमा उप सेनानीमा बढुवा भएका थिए । भरत त्रिभुवन आर्मी फुटबल क्लबको पनि कप्तान रहँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर