भारतको स्वतन्त्रता दिवस: लाल किलामा मोदीको सम्बोधन, मेड इन इन्डिया तोपको सलामी

भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा दिल्लीस्थित लालकिलाबाट सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचार र परिवारवाद देशको सबैभन्दा ठूलो चुनौती भएको बताएका छन् ।

‘देशका लागि दुई ठूलो चुनौती छन् । पहिलो भ्रष्टाचार हो र दोस्रो चुनौती भाई भतिजा, परिवारवाद हो’ मोदीले भने । स्वतन्त्रता दिवसको दिन भारतीय प्रधानमन्त्रीले लाल किलामा झण्डोतोलन गर्नुका साथै देशको नाममा सम्बोधन गर्ने गर्छन् जसमा प्रधानमन्त्रीले आफ्नो योजना, उपलब्धी, चुनौती र समस्याको बारेमा सम्बोधन गर्ने गर्छन् ।
भ्रष्टाचारले देशलाई धमिराले जस्तो खोक्रो पारिरहेको भन्दै मोदीले भने, ‘त्यससँग देशले लड्नै पर्छ । जसले देशलाई लुटिरहेका छन् उनीहरुबाट त्यो फिर्ता गराउने हाम्रो कोशिश छ।’

भाई भतिजावाद र परिवारवादको कुरा गर्दै कसै कसैले त्यसलाई आफूले राजनीति गरिरहेको लाग्ने गरेको भन्दै  उनले त्यस प्रति चिन्ता व्यक्त गरेका छन् । ‘दुर्भाग्यवस राजनीतिक क्षेत्रको परिवारवाद खराबी देशको अन्य संस्थामा पनि परिवारवाद हावी छ ।’

उनले भ्रष्टाचार र भ्रष्टाचारीप्रति घृणाको भावना उत्पन्न नहुञ्जेल र सामाजिक रुपमा त्यसलाई कमजोर नगरेसम्म यो मानसिकता समाप्त नहुने बताए ।

प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा आत्मनिर्भर भारत सरकार अजेण्डा नभै समाजको जनआन्दोलन भएको बताए । ‘त्यसलाई सबैले अघि बढाउनु पर्छ,’ उनले भने ।

‘स्वतन्त्रताको ७५ वर्षसम्म हाम्रो जे कुरा सुन्न चाहान्थ्यौं ७५ वर्षपछि त्यो सुन्न थालिएको छ । ७५ वर्षपछि लाल किलामा पहिलो पटक मेड इन इन्डिया तोपले सलामी दिएको छ र कुन चाँहि हिन्दुस्तानी होला जसलाई यो आवाजले प्रेरणा दिँदैन’ उनले भने ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *