बर्दिया राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको शिकार गर्ने पक्राउ

बर्दिया राष्ट्रिय निकुञ्जमा जंगली जनावरको शिकार गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिको नाम खुलाइएको छैन ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तु अनुगमनको लागि राखिएको स्वचालित क्यामेरामा विभिन्न मितिमा गैरकानुनी रूपमा हतियारसहित केही व्यक्तिहरू प्रवेश गरेको तस्वीरहरू फेला परेपछि राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको संयुक्त टोलीले निकुञ्ज आसपासका इलाकाहरूमा निगरानी बढाएको थियो । त्यस क्रममा तस्वीरमा कैद भएका व्यक्तिका बारेमा प्राप्त जानकारीका आधारमा आइतबार उक्त टोलीले शिकार गर्ने ती व्यक्तिलाई उनको घरबाटै पक्राउ गरेको हो ।

उनको घरबाट शिकार गरेको जनावरको मासु, मासु सुकाउने जाली, शिकारमा प्रयोग भएको बन्दुक, गोली, माेटरसाइकल, मोबाइलसहितका सामग्री बरामद भएको छ । पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *