ललितपुरको एकान्तकुनामा बस दुर्घटना, आठ जना घाइते

ललितपुरको एकान्तकुनामा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घाइते हुनेमा चार महिला र चार पुरुष रहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखेरलले जानकारी दिए ।

सोमबार दिउँसो १ बजे ललितपुर महानगरपालिका–४ बागडोलस्थित एकान्तकुनाबाट बल्खुतर्फ गइरहेको बा ३ ख २७१८ नम्बरको मध्य उपत्यका बस आफैं अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते हुनेहरूमा नवलपरासीको कावासोती नगरपालिका–२ घर भई हाल काठमाडांै कलंकी बस्ने २५ वर्षीया सुगम थापा, काठमाडौंको कीर्तिपुर नगरपालिका–८ की ३३ वर्षीया सुनिता श्रेष्ठ, सुनसरीको धरान नगरपालिका–२० घर भई हाल कीर्तिपुर ३३ वर्षीया सन्ध्या राई, दोलखा घर भई कीर्तिपुर बस्ने ३० वर्षीया सबिना खड्का छन् ।

यस्तै ललितपुर महानगरपालिका–१४ नखीपोटका ३० वर्षीय उद्देश्य वाग्ले, सन्धुपाल्चोक घर भई हाल ललितपुर महानगरपालिका–४ धोबीघाट बस्ने ५९ वर्षीय जित हादुर पोखरेल, रामेछाप घर भई हाल भक्तपुर सूर्यविनायक बस्ने ४५ वर्षीय खड्गबहादुर थापा र काठमाडौंको कलंकीका ६७ वर्षीय खिलबहादुर भण्डारी पनि घाइते भएका छन् ।

घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरूको स्टार अस्पतालमा उपचार भइरहेको एसएसपी पोखरेलले बताए । दुर्घटनाग्रस्त बसलाई घटनास्थलबाट उठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर