नेदरल्याण्ड पठाइदिन्छु भन्दै १ करोड ३६ लाख ठगी गरेकाे अभियाेगमा खोटाङका युवा पक्राउ

विदेशमा आकर्षक रोजगारीमा लगाइदिने प्रलोभन देखाएर १ करोड ३६ लाख बढी रकम ठगी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा खोटाङको वराहपोखरी गाउँपालिका–५, पौवासेरा, देवथान घर भई काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने ह्युमन रिसोर्स प्रालिका सञ्चालक ३५ वर्षीय प्रकाश राई छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले आइतबार साँझ कोटेश्वरबाट पक्राउ गरेको हो।

उनले १६ जना व्यक्तिहरूलाई वर्किङ भिसामा नेदरल्याण्ड जानको लागि प्रतिव्यक्ति १६ लाख रुपैयाँ लाग्छ, पानीजहाजको सिम्यानको रूपमा काममा लगाइदिन्छु, सुरुमा मासिक ७५ हजार रुपैयाँ तलब हुन्छ भन्ने प्रलोभन देखाइ उनीहरूबाट १ करोड ३६ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

ठगीपछि सम्पर्कविहीन उनलाई पक्राउ गर्न वैदेशिक रोजगार विभागले पत्राचार गरेपछि पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर