नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास हुुने

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ ।

मंगलबारदेखि दुई देशका सेनाबीच ‘एक्स–ब्यालेन्स नेल २२–५५३०’ तालिम सञ्चालन हुन लागेकाे हाे । तालिम ३१ भदौसम्म छाउनी र नगरकोटलगायत इलाकामा सञ्चालन हुने नेपाली सेनाले जनाएको छ ।

तालिममा नेपाली सेना ८० जना र अमेरिकी सेनाका १६ जना गरी ९६ जना सहभागी हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

तालिमका लागि अमेरिकी सेनाको टुकडी आवश्यक सामग्रीसहित सोमबार नेपाल आइपुगेको छ । नेपाली सेनाका अनुसार तलिम सशस्त्र द्वन्द्वको कानुन, सैन्य निर्णय निर्माण प्रक्रियालगायत विषयमा केन्द्रित हुनेछ ।

यो तालिम २०६० सालदेखि दुवै देशको सेनाबीचमा सञ्चालन हुँदै आएर यो ३९औं संस्करण भएको सेनाले बताएको छ । सेनाले नेपालको रक्षा मन्त्रालयको स्वीकृतिमा नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गणहरू र अमेरिकी सेनाबीच यो तालिम हुने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *