अदालतको हस्तक्षेपपछि फिफाद्वारा भारतमाथि प्रतिबन्ध

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले सोमबार अल इन्डियन फुटबल एसोसियसन (एआईएफएफ) लाई तत्काल लागू हुने गरेर प्रतिबन्ध लगाएको छ । तेस्रो पक्षको हस्तक्षेपका कारण फिफाले भारतलाई प्रतिबन्ध लगाएको जनाएको छ ।

भारतको सर्वोच्च अदालतले एआईएफएफलाई गत मेमा भंग गर्दै तीन सदस्यीय समिति गठन गरेपछि फिफाले भारतमाथि प्रतिबन्ध लगाएको हो । फिफाले राजनीतिक तथा कानून हस्ताक्षेपलाई अस्वीकार गर्दै आएको छ । फिफाले भारतलाई जुलाईसम्म विधान संशोधन गर्न र सेप्टेम्बर १५ सम्म नयाँ कार्य समिति चयनका लागि निर्देशन दिएको थियो ।
फिफाले फुटबल संघमा तेस्रो पक्षको हस्तक्षेपलाई गम्भीर मान्दै त्यसलाई अस्विकार गर्दै आएको छ ।

एआईएफएफमाथि लागेको यो प्रतिबन्धपछि भारतमा आयोजना तय भएको यू १७ महिला विश्वकप पनि नहुने भएको छ । प्रतियोगिता यही वर्षको अक्टोबर ११ देखि ३० सम्म हुने कार्यक्रम थियो । फिफाले आफू उच्च भारतीय खेलकुद पदाधिकारीसँग सम्पर्कमा रहेको र चाँडै सकारात्मक नतिजा आउने पनि विश्वास पोखेको छ ।

प्रतिबन्धका कारण भारतमा हुने कुनै पनि घरेलु प्रतियोगितालाई फिफा र एसियाली फुटबल महासंघ (एएफसी) को मान्यता हुने छैन् । यस्तै भारतको राष्ट्रिय टिमले पनि कुनै पनि अन्तर्राष्ट्रिय खेल खेल्न पाउने छैन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर