डेढ किलो सुनको ‘अन्डरवेयर’ लगाएर दुबईदेखि काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ७ सय ग्राम सुनले बनेकाे अन्डरवेयर लगाएका एक जना युवा पक्राउ परेका छन्।

सोमबार अपराह्न ४ः२० बजे दुबईबाट काठमाडौं आई विमानस्थल ओर्लेका मोरङको पथरी शनिश्चरे नगरपालिका–४ स्थायी वतन भएका वर्ष २८ रिवाज गजमेर पक्राउ परेका हुन्। उनलाई प्रहरीले विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिएको हो।

उनले लगाएको अन्डरवेयर अस्वाभाविक देखिएपछि चेकजाँच गर्दा अन्डरवेयरको तौल अन्दाजी १ किलो ७ सय ग्राम रहेको र सोधपुछ गर्दा सुनसहितको कपडा हो भनी बताएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

सुन लिन आउने सिन्धुलीको कमलामाई नगरपालिका–५ स्थायी घर भएका २६ वर्षीय सागर न्यौपानेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवैलाई प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर