सुनको सिक्री, ब्रास्लेट र ३६ लाख नगदसहित सर्लाहीबाट दुई जना पक्राउ

सर्लाहीबाट २३३ ग्राम २८० मिलिग्राम तौले भएको अन्दाजी १९ लाख ५८ हजार मूल्य बराबरको सुनको सिक्री, ब्रास्लेट र नगद ३६ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन्।

सोमबार बेलुका ६ः३० बजे इलाका प्रहरी कार्यालय बरहथवाबाट इन्स्पेक्टरको कमाण्डमा खटिएको प्रहरी टोलीले डोटीको शिखर नगरपालिका–७ घर भई काठमाडौंको कपन बस्ने ३० वर्षीय हर्कबहादुर कठायत र भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट का ३१ वर्षीय विशाल खत्रीलाई नियन्त्रणमा लिएको हो। मोटरसाइकलमा सवार उनीहरू बरहथवा नगरपालिका–११ हिरापुर ब्यारेजबाट पक्राउ परेका हुन्।

नाँयारोडबाट हिरापुरतर्फ जाँदै गरेको प्रदेश ०२– ०३३ प ७७५० नम्बरको मोटरसाइकलका चालक कठायत र सोही मोटरसाइकलमा पछाडि सवार खत्रीलाई उक्त सुनका सामग्री र नगदसहित पक्राउ प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *