सशस्त्रद्वारा भारत लैजान लागेको दश लाख मूल्यको यार्सागुम्बा बरामद

सशस्त्र प्रहरीले बाँकेको जानकी गाँउपालिका–१ पञ्चपोखरा इलाकाबाट सोमबार करिब १० लाख रुपैयाँ बराबरको ४५० ग्राम यार्सागुम्बा बरामद गरेको छ । अवैध रूपले नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र प्रहरी बल, नेपाल बीओपी जयसपुरले बरामद गरेको हो ।

सो यार्सागुम्बा ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथै सोही ठाउँमा यार्सगुम्बा छाडेर भागेका थिए । बरामद यार्सागुम्बा आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय नेपालगञ्जमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *