सल्यानमा आफ्नै भाइसहित तीन नातेदारलाई एसिड प्रहार गर्ने पुरुष पक्राउ

सल्यानमा आफ्नै भाइसहित तीन जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्। दार्मा गाउँपालिका–३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावत सोमबार साँझ पक्राउ परेका हुन्।

उनले गरेको एसिड प्रहारबाट उनका आफ्नै भाइसहित तीन जना नातेदार घाइते भएको प्रहरीले जनाएको छ। एसिड प्रहारबारे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनलाई अन्दाजी २२ लिटर एसिडसहित पक्राउ गरेको हो।

रावतले मादक पदार्थ सेवन गरी लेनदेनको विषयलाई लिएर  आफ्नै पसलमा बसिरहेका भाइसहित तीन नातेदारलाई एसिड प्रहार गरेको बताइएको छ। एसिड प्रहारबाट घाइते भएका तीन जनालाई उपचारको लागि नेपालगञ्ज पठाइएको छ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *