स्याङ्जाको वद्खोलामा टीभीएसको नयाँ शोरूम

नेपालमा टिभिएस टू ब्हिलरको एकमात्र वितरक जगदम्वा मोटर्सले स्याङ्जाको वद्खोलामा पूर्ण सुविधासहितको नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । ग्राहकहरूलाई टीभीएस मोटरसाइकल तथा स्कुटरको बिक्री, सेवा र स्पेयर पाट्र्स सहज रूपमा उपलब्ध गराउने उद्देश्यका साथ नयाँ शोरूम सञ्चालनमा आएको हो ।

नयाँ शोरूममा बोल्दै बतास इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष राजेश शर्माले टीभीएस ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न सधैं प्रयासरत रहेको बताए । ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको उनको भनाइ छ । टीभीएसले निरन्तर रूपमा आफ्ना ग्राहकहरूको सुविधा र गुणस्तरीय सेवामा ध्यान दिइरहेको उनले बताए ।

कार्यक्रम स्याङ्जाका जिल्लाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो । त्यस क्रममा स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजीवबहादुर बस्नेत, प्रहरी उपरीक्षक रवीन्द्र खनाल, सशस्त्र प्रहरी नायब उपरीक्षक राजेशलाल श्रेष्ठ, पुतलीबजार नगरपालिका वडा नं. ३ र ४ का वडा अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।

जगदम्बा मोटर्स प्रा. लि. टीभीएसको एकमात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालको साथ टीभीएसले बजारमा आफ्नो बलियो पकड कायम राख्न र आफ्ना ग्राहकहरूको मनमा आफूलाई स्थान बनाउन सक्षम भएको उसको दाबी छ ।

टीभीएस उच्च गुणस्तरका उत्पादनहरू, सुलभ बिक्रीपछि सेवा र देशभरका उपभोक्ताहरूका लागि स्पेयर पाट्र्सको उपलब्धताका कारण नेपालमा सबैभन्दा रुचाइएको दुईपांग्रे ब्राण्ड बनेको वितरको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *