महानिरीक्षक सचिवालय भवन नबनाएर जवानका लागि ब्यारेक बनाउँदै आईजीपी सिंह

प्रहरी महानिरीक्षकको सचिवालयका लागि छुट्याइएको बजेटबाट प्रहरी प्रधान कार्यालयले तल्लो तहका प्रहरीका लागि ब्यारेक बनाउने तयारी गरेको छ ।प्रहरी महानिरीक्षककाे सचिवालय भवनसहित अन्य कार्यका लागि तीन वर्षे याेजनासहित १० कराेड रुपैयाँ बजेट विनियाेजन भएकाे थियाे ।

महानिरीक्षक धिरजप्रताप सि‌हंले आफ्नो भवन हाललाई राम्रै अवस्थामा रहेकाले बरु आवश्यक जवान तथा हवल्दारका लागि ब्यारेक बनाउने निर्णय गरेका हुन् । सचिवालय निर्माणका लागि छुट्याइएको रकमलाई कार्यक्रम संशोधन गरी जवानदेखि वरिष्ठ हवल्दारसम्म एक सय जना बस्न मिल्ने ब्यारेक निर्माण गर्न लागिएको हो ।

तल्लो तहका प्रहरीको सुविधालाई ध्यानमा राखी यसरी कार्यक्रम संशोधन गरी ब्यारेक बनाउन लागिएको प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताए । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले तल्लो तहका प्रहरीको सुविधामा विशेष जोड दिएका छन् ।

भौतिक पूर्वाधार तथा कर्मचारीको सेवा सुविधातर्फ पछिल्लो समय प्रहरीमा प्रगती भइरहेको छ । कैलालीमा प्रहरी अस्पतालको शाखा स्थापना भएको छ । जसबाट सुदुरपश्चिमका प्रहरी तथा पूर्व प्रहरीले निःशुल्क उपचार पाउनेछन् । चितवनको प्रहरी स्कुलमा छात्रावास भवन निर्माणको काम अघि बढेको छ । त्यस्तै वर्षौंदेखि बन्द रहेको नेपाल प्रहरी क्लब पुनर्निर्माणपछि सुचारु भएको छ ।

त्रिपरेश्वरमा काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गणको अत्याधुनिक भवन बनेको छ भने साँगास्थित प्रहरी स्कुलमा पनि नयाँनयाँ भवनहरू निर्माण भएका छन् । जसको गत साता मात्र उद्घाटन भएको थियो ।

काठमाडौं परिसर र उपत्यकाका अपराध अनुसन्धान कार्यालयको भवन निर्माणको काम अन्तिम चरणमा छ । २६ वर्षको प्रयासपछि काभ्रेको पनौतीमा प्रहरी निर्माणको काम अघि बढेको छ । तर, साइबर ब्यूरोको भवन निर्माणका लागि पनि कोरिया सरकारले सहयोग गर्ने सहमति भइसकेको छ । सुस्त गतिमा भए पनि पछिल्ला वर्ष प्रहरीले भौतिक निर्माणमा प्रगति गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर