धारा जोड्न घुस माग्ने खानेपानीका कर्मचारी पक्राउ

खानेपानीकाे धारा जडानका लागि सेवाग्राहीबाट घुस लिएकाे अभियाेगमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महांकाल चौर शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाल घुसहित पक्राउ परेका छन्।

खानेपानीको धारा जडानका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो।

उनले धारा जडानका लागि सेवाग्राहीबाट ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित उनकै कार्यकक्षबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *