कांग्रेसले गरायो दल दर्ता

मंसिर ४ गते हुुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ। उपसभापति धनराज गुरुङ, मुख्य सचिव कृष्णप्रसाद पौडेलसहित नेताले मंगलबार आयोगमा पुगेर दल दर्ता गराएका हुन् ।

दल दर्ता गर्ने मंगलबार अन्तिम मिति हो। गठबन्धन आबद्ध नेकपा माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका ठूला दल आयोगमा दर्ता भइसकेका छन्। दर्ता हुन बाँकी दलहरू पनि मंगलबारभित्र दर्ता भइसक्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *