![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
देउवाले मनोनीत गरे १० जना महिला केन्द्रीय सदस्य
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![देउवाले मनोनीत गरे १० जना महिला केन्द्रीय सदस्य](https://www.pardafas.com/wp-content/uploads/2022/08/Deuba-079-04-31-file.jpg)
नेपाली कांग्रेसले पार्टीका १० महिला नेत्रीलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेको छ ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले मंगबालर किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ), रुक्मिणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर) लाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।
सभापति देउवाले उनीहरू पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य पदमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रतिक्रिया