माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, बाबुराम र वामदेवका शर्तबारे छलफल हुने

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बुधबार पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुनेछ ।

बुधबारको बैठकमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने नेपाल समाजवादी पार्टी र राष्ट्रिय एकता अभियानले राखेका शर्तहरूको बारेमा छलफल हुने बताइएको छ । साथै आगामी निर्वाचनको बारेमा पनि छलफल हुनेछ ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक मंगलवार पनि बसेको थियो । मंगलबारको बैठकले डा. बाबुराम भट्टराई र वामदेव गौतम नेतृत्वको पार्टीलाई आफ्नै चुनाव चिन्ह दिएर चुनावमा जान दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर