तालिम केन्द्र निरीक्षण गर्दै आईजीपी सिंहले भने- तालिम केन्द्रले व्यावसायिक जनशक्ति उत्पादनमा जोड दिनुपर्छ

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपाल प्रहरीको तालिम प्रदायक संस्थाहरूले कुशल एवं व्यावसायिक प्रहरी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । मधेश प्रदेश तालिम केन्द्र जनकपुर (हाल राजविराज) को बुधबार निरीक्षणपश्चात् कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक सिंहले उक्त कुरा बताएका हुन् ।

प्रशिक्षणको क्रममा प्रहरी महानिरीक्षक सिंहले प्रशिक्षण संस्थाको साथै प्रशिक्षक वर्ग एवं प्रशिक्षार्थीहरूले आ–आफ्नो जिम्मेवारी, कर्तव्य र दायित्व अनुसार योगदान दिएमा मात्र प्रशिक्षण कार्यलाई उपयोगी बनाउन सकिने बताए ।

तालिममा सिकेका ज्ञान, सीप र कौशललाई प्रहरी कर्मचारीहरूले अनुशासित भएर स्वच्छ आचरण र उच्च व्यावसायिकता प्रदर्शन गर्दै काम गर्नुपर्नेमा सिंहको जोड छ । साथै उनले प्रशिक्षणपश्चात्को कार्यक्षेत्रमा व्यावसायिक तवरले देश र नागरिकको सेवामा लाग्न निर्देशनसमेत दिए ।

उक्त अवसरमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक मसऊद आलम खाँलगायत तालिम केन्द्र र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *