माओवादी स्थायी समिति बैठक बस्दै, पदाधिकारी चयनको संभावना

नेकपा माओवादी केन्द्रको बिहीबार बिहान स्थायी समितिको बैठक बस्दैछ । माओवादी प्रवक्ता कृष्णबहादुर महराले बिहीबार पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारीको छनोट गर्ने जानकारी बुधबार नै दिएका थिए । बुधबार मात्रै माओवादीले आफ्नो स्थायी समितिलाई पूर्णता दिएको थियो ।
पुसमा भएको पार्टी महाधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड र अपुरो केन्द्रीय समिति चयन गरेको थियो। पोलिटब्यूरो र केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन्।

माओवादी केन्द्रमा महासचिव कसलाई बनाउने भन्ने विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्णय लिन नसक्दा पदाधिकारी चयनमा सकस परेको हो ।
नेताहरु वर्षमान पुन र अर्थमन्त्री जनार्दन शर्माले महासचिव दावी गर्दै आएका छन् । दुवैबीच सहमति नबन्दा तेस्रो व्यक्ति महासचिव बन्ने संभावना बढेको छ ।
माओवादीको विधान अनुसार अध्यक्ष १ जना, बरिष्ठ उपाध्यक्ष १ जना, अन्य उपाध्यक्षहरु, महासचिव १ जना, उपमहासचिवहरु, सचिवहरु, कोषाध्यक्ष र सदस्यहरु रहने व्यवस्था छ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर