रौतहटमा बस र अक्टोरिक्सा ठोकिदा ३ जनाको मृत्यु

रौतहटको चन्द्रपुर नगरपालिका–२ पूर्व पश्चिम राजमार्गको पूर्वी लच्का नजिकै बस र अटोरिक्सा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।  बिहीबार बिहान काठमाडौंबाट सर्लाही जाँदै गरेको बस र सर्लाहीतर्फबाट आएको अटोरिक्सा एक आसपसमा ठोकिएको थियो ।
उक्त दुर्घटनामा सर्लाहीका मृत्यु हुनेमा अटोमा सवार सर्लाही–२ सोल्टी बस्ने ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगर हुन् । उनीहरुलाई अस्पतालमा ल्याएपछि मृत घोषणा गरिएको हो । दुर्घटनामा घाइते भएकी ढकबहादुरकी श्रीमती सबिना लुंगेली मंगरको दुवै खुट्मा चोट लागेको चन्द्रनिगाहपुरस्थित ट्राफिक प्रहरीले जनाएको छ ।
घाइतेको चन्द्रपुर अस्पतालमा उपचार हुँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *