माओवादी केन्द्रको महासचिवमा हरिबोल गजुरेल !

नेकपा माओवादी केन्द्रको महासचिवमा हरिबोल गजुरेल चयन हुने संभावना बढेको छ। माओवादीको पदाधिकारी चयनका लागि बिहीबार पार्टी मुख्यालय पेरिसडाडाँमा स्थायी समितिको बैठक बस्दै छ ।
वर्षमान पुन र जनार्दन शर्माबीच सहमति बन्न नसकेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गजुरेललाई महासचिव बनाउने मनस्थितिमा पुगेको माओवादी स्रोतले जनाएको छ ।
पुन र शर्मा सके सके आफू बन्ने नभए एकले अर्कोलाई बन्न नदिने रणनीतिमा लागेपछि गजुरेलका लागि ढोका खुलेको स्रोतले जनाएको छ ।
महासचिवमा कृष्णबहादुर महरा, पम्फा भुसाल, शक्ति बस्नेत, देव गुरुङसहितको नेताहरुको पनि दावी रहेको छ ।
सिन्धुलीका सांसद रहेका गजुरेल प्रचण्डको विश्वासपात्रको रुपमा चिनिन्छन् । यसअघि माओवादीको कोषाध्यक्ष रहेको थिए ।
पुसमा माओवादीको महाधिवेशन भएपनि अध्यक्ष बाहेक अन्य पदाधिकारी हालसम्म चयन हुनसकेको छैन ।
बुधबारको बैठकले स्थायी समितिलाई पूर्णता दिएको थियो । पार्टी प्रवक्ता महराले बिहीबार बस्ने बैठकले पदाधिकारी चयन हुने बताएका थिए । पोलिटब्युरो र केन्द्रीय कमिटीले पनि पुर्णता पाउन बाँकी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *