माओवादी केन्द्रको स्थायी कमिटी बैठक सर्‍याे, अपराह्न ४ बजे बस्ने

बिहीबार बिहान बस्ने तय भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सरेको छ ।

बिहान ९ बजेदेखि बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै अपराह्न ४ बजेका लागि सारिएको हो । अहिले सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी रहेकाले स्थायी कमिटी बैठक सारिएको हो ।

बिहीबार बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी प्रस्ताव गर्ने तयारी छ । बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुंग्याउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर