एकीकृत समाजवादीले भदाै २० भित्र उम्मेदवार टुंगाे लगाउने, यस्ताे छ उम्मेदवार छनाेटकाे मापदण्ड

नेकपा एकीकृत समाजवादीले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोटकाे मापदण्ड तयार गरेकाे छ।

१ भदौमा बसेको केन्द्रीय सचिवालयको बैठकले ७ वटा मापदण्ड तयार गरेको पार्टीका एक नेताले जानकारी दिए ।

यस्तो छ उम्मेदवार छनोटको मापदण्ड

–पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको
–विद्रोहमा सक्रिय भूमिका खेलेका र पार्टी निर्माणमा योगदान गरेको
–पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ
–आर्थिक एवं नैतिक आचरण राम्रो रहेको
–जनतामा स्थापित र लोकप्रिय
–स्वच्छ छवि भएको र सुशासनको पक्षपाती
–कार्यक्षमता राम्रो भएको र सक्रिय
ज. समावेशीताको सिद्धान्त विपरीत नहुने ।

भदौ २० भित्र उम्मेदवार टुंगो लगाइसक्ने

४ मंसिरमा हुने निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले २० भदौभित्र उम्मेदवार छनोट गरिसक्ने कार्यतालिका बनाएको छ ।

पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रको समन्वय कमिटीले १० भदौभित्र जिल्ला कमिटीमा उम्मेदवारको नाम सिफारिस गरिसक्ने कार्यतालिका बनाएको छ ।

त्यस्तै १२ भदौभित्र जिल्ला कमिटीले प्रदेश कमिटीमा नाम सिफारिस गरिसक्ने, १५ भदौभित्र केन्द्रीय कमिटीमा नाम सिफारिस गर्ने र २० भदौभित्र केन्द्रीय कमिटीले निर्णय गरिसक्ने एकीकृत समाजवादीको कार्यतालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर