फेरि सर्‍याे माओवादी बैठक, अब भोलि बस्ने

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पुनः सरेको छ। बिहीबार बिहान ९ बजे बस्ने तय भएकोमा सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठकलाई कारण देखाउँदै अपराह्न ४ बजेका लागि बैठक सारिएको थियो।

तर, संसद्मा नागरिकता विधेयकमाथि छलफल नसकिएकाले बैठक शुक्रबार बिहान ८ बजेसम्मलाई स्थगित गरिएको माओवादीका केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका पदाधिकारी घोषणा गर्ने तयारी थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *