माओवादीले आज पनि पदाधिकारी टुंग्याउन सकेन, भोलि फेरि बैठक बस्ने

नेकपा माओवादी केन्द्रको पदाधिकारी चयन प्रक्रिया लम्बिँदै गएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान बसेको स्थायी समिति बैठकमा पदाधिकारी चयन गर्ने भनिएको थियो। तर, सो बैठकले पनि पदाधिकारी टुंगो लगाउन सकेन।

अब शनिबार दिउँसो १ बजे पुनः स्थायी समिति बैठक बस्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

यसअघि बिहीबार बिहान ९ बजे पदाधिकारी चयनका लागि बैठक डाकिएकोमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठकलाई कारण देखाउँदै सोही दिन अपराह्न ४ बजेलाई बैठक सारिएको थियो। पछि पुनः संसद्मा नागरिकता विधेयकमाथि छलफल नसकिएको भन्दै बैठक शुक्रबार बिहानलाई सारिएकोमा उक्त बैठकले पनि पदाधिकारीबारे निर्णय गर्न नसकेको हो।

माओवादीले गत पुसमा महाधिवेशन गरे पनि अहिलेसम्म पदाधिकारी चयन गर्न सकेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर