कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भीर

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।

साउन दोस्रो साता ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना भइ उपचाररत नेता गिरीको स्वास्थय अवस्था थप गम्भीर बनेको अस्पताल स्रोतले जनाएको छ। स्वास्थ्यमा सुधार नदेखिएपछि नेता गिरीको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ।

उपचाररत नेता गिरीलाई भेट्न शुक्रबार नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि अस्पताल पुगेका थिए। भेटपछि निधिले ट्वीटरमा  लेखेका छन्– ‘आदरणीय मेरा अग्रज भ्रातातुल्य मित्र, समाजवादी, गान्धीवादी, विचारक, योद्धा, नेपाली कांग्रेसका नेता प्रदीप गिरीलाई मेडिसिटीमा दोस्रोपटक हेरेर बाटोमा फर्कँदै छु। स्तब्ध र निरीह छु। ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु। सबैले प्रार्थना गरौं।’

गत मंगलबार काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका थिए। लामो समय भारतमा उपचार गरेर स्वदेश आएका उनी फेरि स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी भर्ना भएका हुन्। घाँटीको क्यान्सरबाट पीडित उनलाई अहिले निमोनिया पनि देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *