पदाधिकारी चयनका लागि माओवादी बैठक बस्दै, धेरैको दाबीले सकसमा प्रचण्ड

पदाधिकारी चयनका लागि नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक शनिबार पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

शुक्रबारको बैठकले पदाधिकारीको टुंगो लगाउन नसकेपछि आजका लागि बैठक सारिएको थियो । शुक्रबारको बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।

महाधिवेशन भएको लामो समयसम्म माओवादीले पदाधिकारीलाई पूर्णता दिन सकेको छैन । अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महराबाहेक पदाधिकारी चयन भएका छैनन् ।

महासचिवका लागि मात्रै ७ जना नेताले दाबी गरेका छन् । एकै पदमा धेरैले दाबी गरेपछि पदाधिकारीको टुंगो लगाउन पार्टीलाई सकस परेको छ ।

शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डले २१ पदाधिकारी र ७ उपमहासचिव हुने प्रस्ताव पेस गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *