प्रदीप गिरिको निधन: पार्टी कार्यालयमा श्रद्धाञ्जली र पशुपतिमा अन्त्येष्टी

शनिबार राति निधन भएका नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको आइतबार दिउँसो अन्त्येष्टी गरिने भएको छ । घाँटीको क्यान्सरबाट पीडित गिरिको उपचारको क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति साढे नौ बजे निधन भएको थियो। गिरि ७७ वर्षका थिए ।
गिरीको पार्थिव शरिरलाई नौ बजेदेखि ११ बजे सम्म अस्पतालकै शिवालयमा राखिने त्यसपछि पार्टी कार्यालय लगिने कांग्रेस संसदीय दलका प्रमुख सचेतक मीन विश्वकर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसपछि पार्टी केन्द्रीय कार्यालयमा २ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने छ ।
सिरहाको बस्तीपुरमा २००२ सालमा बुवा मित्रलाल गिरी र पुण्यप्रभा गिरीको कोखबाट जन्मिएका गिरीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर