कांग्रेस सभापति देउवाले प्रदीप गिरीलाई पार्टीको झण्डा ओढाए

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ७४ वर्षको उमेरमा ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार राति ९ः३० बजे निधन भएका पार्टी नेता तथा सांसद प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनी क्यान्सर रोगी थिए ।

नेपाली राजनीतिमा समाजवादी चिन्तकका रुपमा परिचित गिरीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर कांग्रेस सभापतिले स्वर्गीय नेताप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

त्यसैगरी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपाध्यक्षहरू पूर्णबहादुर खड्का र धनराज गुरुङ, महासचिव गगन थापालगायतले पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

राजनीतिक क्षेत्रमा निडर आलोचकका रूपमा पहिचान कमाउने गिरीको पार्थिव शरीर आज ललितपुरबाट सानेपा ल्याइएको छ ।

दिवंगत नेताप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकहरू पार्टी कार्यालयमा भेला भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर