बागमती प्रदेशका डीआईजी बज्राचार्य र प्रदेश अन्तर्गतका प्रहरी प्रमुखबीच कार्यसम्पदान सम्झौता

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्य र प्रदेश अन्तर्गतका प्रहरी प्रमुखहरूबीच कार्यसम्पादन सम्झौता भएको छ ।

आइतबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा आयोजित एक कार्यक्रमका बीच प्रत्यक्ष एवं भर्चुअल माध्यमबाट आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यसम्पादन सम्झौतामा द्विपक्षीय हस्ताक्षर भएको हो ।

कार्यक्रममा प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले गत आर्थिक वर्षको कार्यसम्पादन सम्झौता मुल्यांकनको बारेमा तथा चालु आ.व. २०७९/०८० को सम्झौताको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा गत आवको कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनमा प्रथम हुने कार्यालयहरूलाई प्रशंसापत्रद्धारा सम्मानसमेत गरिएको थियो । जसअन्तर्गत जिल्ला प्रहरी कार्यालय तर्फ जिल्ला प्रहरी कार्यालय चितवन सर्वोकृष्ठ भएको थियो ।

जिल्लाबाहेक अन्य कार्यालयतर्फ बागमती प्रदेश प्रहरी तालिम केन्द्र दूधौलीलाई सम्मान गरिएको थियो भने सम्झौताको कार्यान्वयनमा सक्रियता देखाउने जिल्ला प्रहरी कार्यालय रामेछाप समेतलाई प्रदेश प्रहरी प्रमुख बज्राचार्याले प्रशंसापत्रद्धारा सम्मान गरेका थिए ।

चालु आवको लागि बागमती प्रदेश अन्तर्गतका जिल्ला प्रहरी कार्यालय १०, बागमती प्रदेश प्रहरी तालिम केन्द्र, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, नेपाल प्रहरी विशेष सुरक्षा गण, बागमती प्रदेश प्रहरी गण गरी १४ वटा कार्यालयका प्रमुखहरूसँग प्रदेश प्रहरी प्रमुख बज्राचार्यले कार्यसम्पादन सम्झौता गरेका हुन् । जस अन्तर्गत जिल्ला प्रहरी कार्यालयको लागि ३४ वटा, ट्राफिकको लागि २२ र अन्य कार्यालयको लागि १३ वटा वार्षिक कार्यसम्पादन क्रियाकलापहरू प्रदान गरिएको छ ।

कार्यक्रममा मातहत प्रहरी प्रमुखहरूले साउन महिनाको तुलनात्मक समग्र कार्यसम्पादनको बारेमा प्रस्तुति दिएका थिए भने सोही अवसरमा प्रदेश प्रहरी प्रमुख बज्राचार्यले कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन गर्ने, आसन्न संघीय एवं प्रदेश सभा निर्वाचन सुरक्षा योजनासहित तयारीका कार्यहरू गर्ने र चाडपर्वलक्षित सुरक्षा योजना बनाई प्रहरी परिचालन गर्नेलगायतको आवश्यक निर्देशन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *