मलद्वारमा एक किलो सुन लुकाएर दुबईदेखि काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। राहादानी नम्बर भी११२२८९० भएका भारतीय नागरिक ३१ वर्षीय राहुल रेमानानलाई शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट प्रहरीले पक्राउ गरेको हो।

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका राहुललाई शंका लागेपछि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका उनको काठमाडौं मेडिकल कलेजमा एक्स–रे गराउँदा पेटभित्र शंकास्पद वस्तुको आकृति देखिएपछि पुनः प्रहरी वृत्त गौशालामा लगेर शौच गराउँदा मलद्वारबाट बेलनाकार सुनको ४ वटा पोका (करिब १ केजी तौल भएको) फेला परेको हो।

उनका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर